सेयर बजार परिसूचक नेप्से निरन्तर ओह्रालो लागेको छ । आइतबार नेप्से ११ दशमलव ७८ अंकले झरेर १ हजार ९ सय ६० मा आइपुगेको छ ।
नेप्से परिसूचक तल झरेपनि कारोबार भने २ अर्ब ८ करोड रुपैयाँको भएको छ । अघिल्लो साता २ अर्ब ५९ करोडको कारोबार भएको थियो ।
होटल तथा पर्यटन र उत्पादन समूह क्रमशः शुन्य दशमलव ५४ र शुन्य दशमलव ६६ प्रतिशत बढेका छन् भने ब्यापार समूह २ दशमलव ५२ प्रतिशतले घटेका छन् । यस्तै बैंकिङ क्षेत्र ६, विकास बैंक १७, फाइनान्स १३, हाइड्रोपावर २०, जीवन बीमा ९१, माइक्रोफाइनान्स १८, निर्जीवन बीमा ५६, तथा १७ अङ्कले घटेका छन् । नेप्से निरन्तर घटिरहेकोले यो करिव १ हजार ८ सय अंकसम्म गिरावट आउने यसका जानकारहरुको भनाइ छ ।
प्रतिक्रिया