६ महिनाको परिक्रमापछि चार अन्तरिक्ष यात्री पृथ्वीमा फर्किए

६ महिनाको परिक्रमापछि चार अन्तरिक्ष यात्री पृथ्वीमा फर्किए


अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा आधा वर्षको मिसन समाप्त गरेर चार मुलुकका चार अन्तरिक्ष यात्री स्पेसएक्ससँग पृथ्वी फर्किएका छन् ।

नासाका सामुद्रिक हेलिकप्टर पाइलट ज्यास्मिन मोघबेलीले डेनमार्कका एन्ड्रियास मोगेन्सन, जापानका सातोशी फुरुकावा र रुसका कन्स्टेन्टिन बोरिसोभको फिर्ती टोलीको नेतृत्व गरेका थिए । उनीहरू गत अगस्टमा अन्तरिक्ष स्टेसनमा गएका थिए ।