‘विल्ड अन’ले सीमा बस्तीमा विद्यालय निर्माण थाल्यो

‘विल्ड अन’ले सीमा बस्तीमा विद्यालय निर्माण थाल्यो


गैरसरकारी संस्था ‘विल्ड अन’ले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको सीमा बस्तीमा आधारभूत विद्यालय भवन निर्माण थालेको छ । दोधारा चाँदनी-३ बडुवाल टोलस्थित गणेश आधाभूत विद्यालयको तीनकोठे पक्की भवन र दुईकोठे शौचालय निर्माण थालेको हो ।

दोधारा चाँदनी नगरपालिकाका उपप्रमुख गङ्गादेवी जोशीले उक्त विद्यालय भवनको शिलान्यास गर्नुभयो । विद्यालय भवन निर्माणका लागि ‘विल्ड अन’मा आवद्ध विभिन्न मुलुकका सहयोगी दाता श्रमदानका लागि दोधारा चाँदनी पुगेका छन् ।

‘विदेशी दाताहरुले स्वयम् संस्थामार्फत विद्यालय भवन निर्माण गर्न श्रमदान गर्नेछन्’, विल्ड अन धनगढीका सहायक टे«क निर्देशक झरना बमले भनेकी छन् । उनका अनुसार संस्थाले कैलाली, कञ्चनपुरका साथै बाँके र बर्दियामा आर्थिक अवस्था कमजोर भएका, भवन अभावको समस्या भोगिरहेका विद्यालय छनोट गरी भवन बनाउन सहयोग गर्दै आएको छ ।

‘दोधारा चाँदनी नगरपालिकासँगको संयुक्त साझेदारीमा बन्ने विद्यालय भवनको निर्माण अवभि एक सय ६ दिन रहेको छ, दाताहरुका साथै स्थानीयको पनि श्रमदान रहनेछ’, बलमे जानकारी दिइन् । भवन निर्माणका लागि अमेरिका, फ्रान्स, बेलायतलगायत मुलुकका १९ जना दोधारा चाँदनी पुगेका छन् । स्थानीय तहले निर्माण सामग्री उपलब्ध गराउने गरी सहकार्य गरेको छ । भवन निर्मण सम्पन्न भएपछि संस्थाले फर्निचरलगायत सामग्री उपलब्ध गराउने छ ।