हुम्लाको अदानचुलीमा गाडी दुर्घटना, दुई जनाको मृत्यु पाँच घाइते

हुम्लाको अदानचुलीमा गाडी दुर्घटना, दुई जनाको मृत्यु पाँच घाइते


हुम्लाको दक्षिण भेगमा पर्ने अदानचुली गाउँपालिका-४ मा आज भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले पाम्सा भन्ने स्थानमा भएको दुर्घटनामा पाँच जना घाइते भएको जानकारी दिए ।

सु प ०१००१ नम्बरको गाडी शनिबार दिउँसो पाम्सको मोडमा दुर्घटना भएको हो । उनका अनुसार मृतक र घाइतेको उद्धार भइरहेको छ भने दुर्घटनाबारे विस्तृत जानकारी प्राप्त भइसकेको छैन । दुर्घटनामा पर्ने सावरी स्थानीय धनमल महताराको रहेको बताइएको छ ।

photo: rss