दश जना जुवाडे पक्राउ, २ लाख ६ हजार ७ सय रुपैयाँ बरामद

दश जना जुवाडे पक्राउ, २ लाख ६ हजार ७ सय रुपैयाँ बरामद


ललितपुरको नख्खुमा जुवा खेल्ने १० जना पक्राउ परेका छन् । प्रहरीले उनीहरुका साथबाट २ लाख ६ हजार ७ सय २५ रुपैयाँ बरामद गरेको छ ।

ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार ललितपुर महानगरपालिका-१८ नख्खुमा रहेको इमानसिंह रुम्बाले सञ्चालन गर्दै आएको रुम्बा खाजा घरको कोठा नम्बर १०४ मा जुवातास खेलिरहेका १० जना नगदसहित पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा धादिङ जिल्ला निलकण्ठ घर भइ हाल ललितपुर नख्खु बस्ने ४४ वर्षीय राजेन्द्रबहादुर आले मगर, नख्खुका ३० वर्षीय मुकेश महर्जन, इलामको जितपुर घर भई हाल भैसेपाटी बस्ने ४० वर्षीय सूर्यबहादुर दर्लामी मगर, काभ्रेपलाञ्चोक महाभारतघर भइ हाल कीर्तिपुर बस्ने ४३ वर्षीय कामीसिहं भोलन र मकवानपुर ईन्द्रसरोवर-२ घर भई हाल ललितपुर बस्ने ४८ वर्षीय बुद्धशरण भोलन छन् ।

यस्तै मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१४ घर भइ हाल ललितपुर नख्खु बस्ने ४९ वर्षीय वीरबहादुर मोक्तान, ललितपुर-१८ मिलन बस्ती बस्ने ५२ वर्षीय राजेश अधिकारी, मकवानपुर इन्द्रसरोवर-२ घर भई हाल ललितपुर रानीबुँ बस्ने ५० वर्षीय डिलबहादुर वाइबा, ललितपुरकै तापाहिटी बस्ने ४५ वर्षीय विकास शाही खड्गी र मकवानपुरको इन्द्रसरोवर-२ घर भइ ललितपुरको नख्खु बस्ने ४२ वर्षीय सोही होटलका सञ्चालक इमानसिंह रुम्बा रहेका छन् ।

उनीहरुलाई जुवा तास ऐनअन्तर्गत कारवाही गर्न ७ दिनको म्याद लिएको प्रवक्ता एसपी सुवेदीले बताए ।