तनहुँमा आठ फिट लामो अजिङ्गरको उद्धार

तनहुँमा आठ फिट लामो अजिङ्गरको उद्धार


तनहुँको व्यास नगरपालिका-१३ बेलबासमा आठ फिट लामो अजिङ्गरको उद्धार गरिएको छ । डिभिजन वन कार्यालय तनहुँका कर्मचारीको सहयोगमा अजिङ्गरको उद्धार गरिएको हो ।

अजिङ्गर घाइते अवस्थामा रहेकोले उद्धार पश्चात डिभिजन वन कार्यालयमा सुरक्षित राखिएको डिभिजन वन कार्यालयका कर्मचारी अर्जुनकुमार श्रेष्ठले जानकारी दिए । उक्त ठाउँमा केही समय पहिलादेखि अजिङ्गर देखिन थालेको स्थानीयबासी मेघनाथ आचार्यको भनाइ छ ।

उद्धार गरिएको अजिङ्गरलाई सुरक्षित रूपमा सामुदायिक वनमा छाडिने बताइएको छ ।

तस्बिर : रासस