कपिलवस्तु नगरपालिकाकी उपमेयर सुनिता गुप्तामाथि कारवाही हुने

कपिलवस्तु नगरपालिकाकी उपमेयर सुनिता गुप्तामाथि कारवाही हुने


  • कपिलवस्तु प्रतिनिधि

जनता समाजवादी पार्टी (जसपा) कपिलवस्तुका अध्यक्ष शैलेन्द्र कुमार यादवले कपिलवस्तु नगरपालिकाकी उपमेयर सुनिता गुप्तालाई कारबाही गर्ने प्रक्रिया अगाडि बढेको बताएका छन् ।

पार्टीबाट निर्वाचित उपमेयर गुप्ता पार्टी हितविपरित हिँडेको, जनप्रतिनिधि, कर्मचारीमाथि पटक पटक अभद्र व्यवहार देखाएको भन्दै कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए ।

जिल्लाबाट गुप्तालाई कारबाही गर्न लुम्बिनी प्रदेश पार्टीमा पठाइएको उनले बताए । प्रदेशबाट उनको कारबाही प्रक्रिया अगाडि बढ्ने उनले विश्वास व्यक्त गरे ।

उपमेयर गुप्तामाथि मंगलबारको १५औँ नगरसभामा नगर प्रमुख तथा नगरसभाका सदस्यहरूविरुद्ध अभद्र व्यवहार गरेको आरोप छ ।

उनीविरुद्ध गाली बेइज्जती तथा दुर्व्यवहारसम्बन्धी उजुरी जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा परेको छ ।