हिँडिरहेको स्कुलबसमा आगलागी

हिँडिरहेको स्कुलबसमा आगलागी


कपिलवस्तुको बुद्धभूमि नगरपालिका-७ बिसनपुरस्थित बिन्देश्वरी पिस एकेडेमीको लु १ ख ६८०१ नम्बरको स्कुलबसमा आज (६ वैशाख) बिहान आगलागी भएको छ।

विद्यार्थी लिन हिँडेको बसमा अचानक आफैं तकिहवामा आगलागी भएको हो।

दमकल स्थानीय र सुरक्षाकर्मीको प्रयासले आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।