सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, तीन जनाको मृत्यु ५२ जना घाइते

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, तीन जनाको मृत्यु ५२ जना घाइते


सिन्धुपाल्चोक जिल्लाको पिस्कर-५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ५२ जना घाइते भएका छन् ।

दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको बा४ख ५६१६ नम्बरको बस त्रिपुरासुन्दरी गाउँपालिका-५ धारावतीमा आज (७ वैशाख) बिहान ७ बजे दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईका अनुसार दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी अस्पताल पठाइएको छ । बस भिरमा खसेकाले उद्धारमा केही समस्या भएको डिएस्पी भट्टराईको भनाइ छ ।