सेनाको सैनिक फिल्ड अस्पताल र सैनिक महाविद्यालयको उद्घाटन

सेनाको सैनिक फिल्ड अस्पताल र सैनिक महाविद्यालयको उद्घाटन


नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले बुटवलमा निर्माण भएको सैनिक फिल्ड अस्पताल, सैनिक आवासीय महाविद्यालय र आपत्कालीन रिकभरी डाटा सेन्टरको उद्घाटन गरेका छन् ।

सैनिक कल्याणकारी कोषको लगानीमा देशका सात वटै प्रदेशमा सैनिक महाविद्यालय तथा सैनिक अस्पताल निर्माण गर्ने नेपाली सेनाको लक्ष्यअनुरूप लुम्बिनी प्रदेशअन्तरगत बुटवलमा २५ शैय्याको सैनिक फिल्ड अस्पताल तथा शैक्षिक सत्र २०८१ बाट कक्षा ६, ७ र ८ सम्मको अध्यापनको सुरुवात गर्ने गरी सैनिक महाविद्यालयको निर्माण गरिएको हो ।

त्यसैगरी, नेपाली सेनामा हाल प्रचलनमा रहेको डिजिटाइजेसनका महत्त्वपूर्ण दस्तावेजहरुको आपत्कालीन रिकभरीको लागि डाटा सेन्टरको निर्माण गरिएको हो ।

नेपाली सेनाका बहालवाला तथा अवकाशप्राप्त सैनिक तथा आश्रित हिताधिकारीहरुलाई शिक्षा तथा स्वास्थ्य सेवाको पहुँच आफू बसोबास गर्ने प्रदेशमा नै प्रदान गर्ने बृहत् सैनिक कल्याणकारी कार्यक्रम अन्तरगत उक्त सैनिक महाविद्यालय तथा सैनिक फिल्ड अस्पतालको निर्माण भएको हो । यससँगै देशको सातवटै प्रदेशमा सैनिक महाविद्यालय सञ्चालन भएका छन् ।