नेपाल फ्रान्स कुटनीतिक सम्बन्धको पचहत्तर वर्ष

नेपाल फ्रान्स कुटनीतिक सम्बन्धको पचहत्तर वर्ष


नेपाल तथा फ्रान्सको कुटनैतिक सम्बन्धको ७५ वर्ष पुगेको छ । वि.सं. २००६ बैशाख ८ गते फ्रान्स र नेपालबीच कुटनैतिक सम्बन्ध स्थापना भएको थियो । यसका साथै फ्रान्सेली हिमाल आरोही मोरिस हर्जोगद्वरा गरिएको अन्नपूर्ण हिमाल आरोहणको पनि यसै वर्ष ७५ वर्ष पूरा हुँदैछ ।

फ्रान्स र नेपालको सम्बन्धको कुरा गर्नु पर्दा वि.सं. १७११ तिर राजा प्रताप मल्लले शिलालेखमा फ्रान्सेली अक्षरको प्रयोग गरेका थिए । भीमसेन थापाले सैनिक सुधारको लागि नेपालमा फ्रान्सेली सेनाविज्ञ बोलाएका थिए । आजको नेपाली सेनाको पोशाक र पदहरु फ्रान्सकै देन हो ।

उनले खिचेको उनको यात्राको सम्पूर्ण ४०७ वटा तस्विरको सिंगो एलबमको डिजिटल कपि प्राप्त भइसकेको छ । नेपालमा खिचिएको ३२ वटा तस्विर पनि त्यसैभित्र रहेको छ । उनले खिचेको कतिपय तस्विरहरू यस अगाडि स्केच तस्विरहरु मात्र भेटिएको थियो । उनकै पुस्तक ‘Voyage to Nepal’मा पनि सबै स्केच तस्विर मात्र राखिएको छ ।

पंक्तिकारलाई प्राप्त सबै तस्विर उच्च स्तरको छ भने साथमा उनले प्रत्येक तस्विरमा हातैले तस्विरको विवरण पनि लेखेका छन् ।

फोटोग्राफर गुस्तावले बोन वि.सं. १९४१ को मंसिर १९ गते नेपाल भ्रमण गर्ने उद्देश्यले भारतको मोतिहारी आइपुगेका थिए । त्यहाँबाट नेपालको यात्राको लागि हिँडेका थिए । करिव ७ दिनको कठिन यात्रामा निकै भरियाहरुको साथ उनी काठमाडौं पुगेका थिए । काठमाडौ प्रवेश गर्नु अगाडी नै उनलाई लिन ब्रितिस रेसिडेन्सीबाट मानिस पठाइएको थियो । बाटोमा उनिहरुको स्वागतमा मानिसहरु बसेका थिए । गुस्तावले बोन नेपाल भ्रमण गर्ने पहिलो फ्रान्सेली हुन् भने नेपालका राणा प्रधानमन्त्री जङ्गबहादुर फ्रान्स भ्रमण गर्ने पहिलो नेपाली हुन् ।

काठमाडौं बसाइमा उनलाई एक्लो हिँड्न कहिल्यै दिइएन । उनको साथ दुई सिपाही छायाँ झैँ हरबखत रहने गर्दथ्यो । प्रधानमन्त्री रणोद्वीपको शासनकाल थियो त्यो बेला । काठमाडौं बसाइमा उनिसँग फ्रान्सको बारेमा विभिन्न प्रश्नहरु सोधिएको थियो । उनि नेपाल बसाइबाट फर्कंदा भने भिमफेदीमा बालकराजा पृथ्वी वीर विक्रमलाई भेटेका थिए । सेतो घोडामा बसेका राजा अन्य भारदार तथा राणा अफसरहरुको साथ काठमाडौं फर्कंदै थिए ।

फ्रान्स फर्केपछि उनले नेपाल यात्रासम्बन्धी पुस्तक लेखेका थिए । यही पुस्तकमा उनले खिचेका तस्विरहरु राखेका छन् । निकै महत्वपूर्ण लाग्ने उनले खिचेका तस्विरहरुबाट फ्रान्सेली चित्रकार एकाइल ग्रान्ची टेलरले चित्र कोरिदिएका थिए । तिनै तस्विरहरु नै पुस्तकमा राखिएका छन् ।