जुफाल विमानस्थल मर्मत सकियो, सेवा सुरु

जुफाल विमानस्थल मर्मत सकियो, सेवा सुरु


डोल्पास्थित जुफाल विमानस्थल ५३ दिनपछि सञ्चालन भएको छ । धावनमार्ग मर्मत पूरा भएपछि आज (९ वैशाख) बिहान नेपालगञ्जबाट तारा एयरको विमान अवतरण भएसँगै विमानस्थल सञ्चालन भएको हो ।

मूल्य अभिवृद्धि करसहित रु ६ करोडमा धावनमार्ग मर्मत भएको नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर वीरप्रसाद शाहीले जानकारी दिएका छन् । धावनमार्गको एक सय ८५ मिटर मर्मत गरिएको हो ।

धानवमार्ग जीर्ण भएपछि विमान कम्पनीले जोखिम मोलेर उडान गर्न नसकिने बताउँदै आएका थिए । यो डोल्पाको एकमात्र विमानस्थल हो ।

file photo