सफा हिमाल अभियान २०२४ : टोली पुग्यो आधार शिविर

सफा हिमाल अभियान २०२४ : टोली पुग्यो आधार शिविर


सफा हिमाल अभियान-२०२४ अन्तरगत सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमाल सफाइको लागि परिचालित टोली सगरमाथा आधार शिविर पुगेको छ ।

यो टोलीले हिमाल सफाइ कार्यलाई प्रभावकारी रूपमा सञ्चालन गर्न नाम्चेमा सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय, सगरमाथा प्रदूषण नियन्त्रण समिति, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, स्थानीय निकाय तथा बुद्धिजीवी, विभिन्न संघ संस्थाका प्रमुखरप्रतिनिधिहरूको उपस्थितिमा समन्वयात्मक बैठक सञ्चालन गरेको थियो ।

यसै गरी, उक्त टोलीले नाम्चेदेखि सगरमाथा आधार शिविरसम्म जाने क्रममा पदमार्गमा रहेका फोहरसमेत सङ्कलन गरेका छन् । आधार शिविर पुगेपछि आवश्यक वासस्थान, सञ्चार मिलाप तथा जनसमन्वय र टोली हिमाल सफाइ कार्यको लागि परिचालित हुनेछन् ।

‘हिमालय बचाउने प्रयास’ भन्ने मूल अवधारणाका साथ सञ्चालित यस अभियान अन्तर्गत सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमालका विभिन्न क्याम्पहरूबाट करिब १० टन फोहोर र ५ वटा मानव शव सङ्कलन गर्ने लक्ष्य लिइएको छ ।