लागुऔषध दुर्व्यसन नियन्त्रणका लागि चितवनमा तीन महिने अभियान

लागुऔषध दुर्व्यसन नियन्त्रणका लागि चितवनमा तीन महिने अभियान


चितवनमा लागूऔषध दुर्व्यसन नियन्त्रणका लागि तीन महिने अभियान सुरू गरिएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अभियाको शुभारम्भ गर्दै सभ्य, सुन्दर र सुसंस्कृत महानगर निर्माणका लागि लागूऔषध नियन्त्रण गर्न जरूरी रहेको र त्यसका लागि सडक मानवमुक्त पहिलो महानगर बनाइएजस्तै लागूऔषध नियन्त्रणमा पनि देशमै उदाहरणीय महानगर बनाउने गरी आफूले कार्य गरिरहेको बताएकी छन् ।

महानगर उपप्रमुख चित्रसेन अधिकारीले पनि विकृति विसङ्गतिरहित समाजको निर्माणका लागि युवावर्गलाई लागूऔषधको दलदलबाट बाहिर ल्याउन अभियान उपयोगी हुने विश्वास व्यक्त गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालेसातवटै स्थानीय तहमा अभियान सञ्चालनका लागि सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालको संयोजकत्वमा समिति गठन गरिएको उल्लेख गर्दै अभियानका क्रममा सबै स्थानीय तहका टोलटोलमा सरोकारवालासँगको समन्वयमा सचेतनामूलक कार्यक्रम गरिने जानकारी दिए ।

शनिबार आयोजित कार्यक्रममा चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भावेश रिमालले अपराधमुक्त समाज निर्माणका लागि लागूऔषध नियन्त्रणमा सबैको सहयोग अपरिहार्य रहेको धारणा राखे ।