सुकेधारामा पुरूष मृत फेला

सुकेधारामा पुरूष मृत फेला


राजधानीको सुकेधारामा आज (मंगलबार) बिहान करिव एक पुरुष मृत भेटिएका छन् ।

काठमाडौं-४, सुकेधाराको नालीमा खोटाङ हलेसीतुवा चुङ नगरपालिका-७ घर भएका र हाल काठमाडौंको चाबहिलमा बस्दै आएका ४४ वर्षीय भिषण गिरी मृत फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गिरी घोप्टो परेको अवस्थामा मृत फेला परेका र घटनाको थप अनुसन्धान सुरु भइसकेको छ ।