एमालेको सर्लाही अध्यक्षमा पुनः साह

एमालेको सर्लाही अध्यक्षमा पुनः साह


नेकपा (एमाले)को सर्लाही जिल्ला अध्यक्षमा राजनारायण साह पुनः निर्वाचित भएका छन् । एमालेको नवौँ जिल्ला अधिवेशनबाट उनी दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

निर्वाचन समितिका संयोजक रमेश न्यौपानेका अनुसार पार्टीको जिल्ला उपाध्यक्षमा विदुरकुमार प्याकुरेल, सचिवमा डिल्लीप्रसाद अधिकारी, उपसचिव (खुल्ला)मा बलराम एस्माली मगर र उपसचिव (महिला)मा विभा नेपाल निर्वाचित भएका छन् ।

यस्तै, लेखा समिति अध्यक्षमा रमेशप्रसाद चौलागाईं, सचिवमा रेणुका पौडेल र खुला सदस्यमा खेमबहादुर भण्डारी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । कूल ६ सय १० प्रतिनिधिमध्ये पाँच सय ७४ जना बुधबार मतदानमा सहभागी भएका थिए ।