कांग्रेसद्वारा संसद् अवरोध कायम, बैठक शुक्रबारसम्मका लागि स्थगित

कांग्रेसद्वारा संसद् अवरोध कायम, बैठक शुक्रबारसम्मका लागि स्थगित


प्रतिनिधिसभाको बिहीबार (३ जेठ)को बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि स्थगित भएको छ ।

बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदले रोष्टम घेराउ गर्दै विरोध जनाएपछि सभामुख देवराज घिमिरले अर्को बैठक भोलि शुक्रबार बिहान ११ बजे बस्नेगरी स्थगित गरेका हुन् ।

आजको बैठकमा प्रमुख प्रतिपक्षी दलको अवरोधविरुद्ध सत्तारुढ दल नेकपा (एमाले)पनि रोष्टममा उत्रिएको थियो ।

सभामुख घिमिरेले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बोल्नका लागि समय माग गरेको जानकारी गराउँदै समय दिएका थिए तर कांग्रेसले विरोध जारी राखेपछि बैठक स्थगित भएको हो ।

नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ ।

photo: rss