ह्युस्टन शहरमा आँधीका कारण मृत्यु हुनेका सङ्ख्या सात पुग्यो

ह्युस्टन शहरमा आँधीका कारण मृत्यु हुनेका सङ्ख्या सात पुग्यो


टेक्सास (अमेरिका)को ह्युस्टन शहरमा गम्भीर मौसमको साथै आएको आँदीका कारण मृत्यु हुने सङ्ख्या बढेर सात पुगेको अधिकारीले बताएका छन् ।

अमेरिकाको चौथो ठुलो शहर ह्युस्टनमा गत बिहीबार भएको भारी वर्षासँगै प्रतिघण्टा सय माइलसम्मको गतिमा आएको हावाले गर्दा थप तीन जनाको मृत्यु पुष्टि भएसँगै मृतकको सङ्ख्या सात पुगेको छ ।

तीव्र आँदीका कारण आवासीय क्षेत्रमा रूख र बिजुलीका तार खसेका छन् भने राष्ट्रिय मौसम सेवाले साइप्रसको उपनगरमा आँधी आएको पुष्टि गरेको छ ।

ह्यारिस काउन्टी शेरिफ एड गोन्जालेजका अनुसार पीडितमा ८५ वर्षीया महिला पनि समावेश छन् जसको घरमा बिजुलीको प्रहारले आगलागी हुँदा मृत्यु भएको थियो ।

आँधी प्रभावित क्षेत्रको ठूलो भागमा बिजुली काटिएपछि आफ्नो अक्सिजन ट्याङ्की भर्न जानेक्रममा ६० वर्षीय व्यक्तिलाई अचेत अवस्थामा फेला परेमा ती व्यक्ति मृत घोषित गरिएको थियो । अर्का एक ५७ वर्षीय व्यक्तीको बिजुलीको पोल सार्ने क्रममा पोल खसेर मृत्यु भएको पुष्टि भएको छ ।

ह्युस्टनका मेयर जोन ह्विटमिरेले आँधीपछि चार जनाको मृत्युको यथेस्ट विवरण तुरून्त उपलब्ध नभएको जानकारी दिएका छन् ।

तेल र पेट्रोकेमिकल्सको वरिपरि केन्द्रित अर्थोपार्जन भएका २.३ मिलियन मानिसको घर ह्युस्टनमा स्कूलहरू शुक्रबार बन्द गरियो भने गैर-आवश्यक कामदारहरूलाई घरमै बस्न आग्रह गरिएको थियो ।