खोकनामा चोरी : ६ जना संगठित चोर पक्राउ

खोकनामा चोरी : ६ जना संगठित चोर पक्राउ


ललितपुरको खोकनामा रहेको नवराज गुरुङको घरमा चोरी गर्ने संगठित समूहका ६ जना पक्राउ परेका छन् ।

गत वैशाख ७ गतेदेखि ९ गतेसम्म रामेछापको दोरम्बाका कमल थापा मगर (३७), रामेछापकै धनलाल थापा मगर (३५), सिन्धुपाल्चोकका सुवास सुनार (२८), काठमाडौं मूलपानीका रेसम बिक (४१), काठमाडौंको टोखाका योगेश डाँगी (४१) र सप्तरीको सुरुगाका मोहम्मद समिर (२२) ले गुरुङको घर चोरी गरेका थिए ।

यो समूह घरमा कोही नभएको समयमा सुन, चाँदी, आइफोनसमेतका महंगा सामान चोरी गरेर फरार रहेको थियो । प्रहरीले सुनको सिक्री, क्रिस्टलजडित सुन, सुनका रानीहार, सुनका चोक्कर, सुनका पेण्डल, चन्द्रहार, सुनका लकेट, सुनका पाँचगेडी, तिलहरी, झुम्का, सुनका चन्द्रमा, टपसमेत लाखौं रुपैयाँका सामान उनीहरुको साथबाट बरामद गरेको छ ।