खैरो हेरोइन र अफिमसहित दुई युवा पक्राउ

खैरो हेरोइन र अफिमसहित दुई युवा पक्राउ


पर्सा प्रहरीले खैरो हेरोइन र अफिमसहित दुई युवालाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका-१६ शंकराचार्य गेटस्थित सडकखण्डमा बाप्र ०३–०२–प ९४५० नम्बरको स्कुटीलाई जाँच गर्ने क्रममा उक्त स्कुटीको सिटमुनि प्लाष्टिकको झोलाभित्र लागूऔषध खैरो हिरोइन १५१ ग्राम र अफिम १५४ ग्राम फेला परेको हो ।

प्रहरीले लागूऔषध र स्कुटीसहित मकवानपुरको हेटौडा-३ का २९ वर्षीय समुन्द्र साह र सोही पालिका तथा वडाका २४ वर्षीय अमिर बाँनियालाई पक्राउ गरेको छ ।