स्थानीय तहमा बेथिति : कमिसन लिएर एकै व्यक्तिका फरक-फरक फर्मलाई ७० लाखको कार्यक्रम

स्थानीय तहमा बेथिति : कमिसन लिएर एकै व्यक्तिका फरक-फरक फर्मलाई ७० लाखको कार्यक्रम


  • धर्मेन्द्र यादव, वीरगंज

पर्साको छिपहरमाई गाउँपालिकाको तत्कालीन प्रमुख प्रशासकिय अधिकृत अशोक रौनियार र योजना शाखा प्रमुख केदार सहनीले अनियमित तवरले एउटै ब्यक्तिको स्वामित्वमा रहेका फरक फरक कम्पनी/फर्मको नाममा ७० लाख भन्दा बढीको कार्यक्रमहरु दिएको खुलासा भएको छ ।

अधिकृत रौनियार र योजना शाखा प्रमुख सहनीले संघसंस्था माफिया भनेर चिनिएका उमाशंकर महतोसंग ६० प्रतिशत कमिसन बुझेर दर्जन भन्दा बढी कार्यक्रमहरु हस्तान्तरण गरेको पोल खुलेको हो ।

गाउँपालिकाले तालिम सञ्चालनका लागि सार्वजनिक सूचना निकालेर प्रतिस्पर्धा गराइ छनोट भएका कम्पनी संघसंस्था गैरसरकारी संस्थालाई मात्र तालिम सञ्चालनको कार्यादेश दिनुपर्ने हो तर कमिसनको भरमा यहाँ एउटै ब्यक्तीले फरक फरक नामक तीनवटा संस्था वा कम्पनी फर्मको कागजात खाडा गरि महतोले कर्मचारीलाई आर्थिक भेटी चढाएर कार्यक्रमहरु लिएका हुन् ।

कार्यक्रम संचालनको लागि उनले आफ्नै तीन/तीन वटा संस्था वा कम्पनीहरु प्रत्येक कार्यक्रमको कोटेशनको लागि पेश गरि हेन्ड इम्ब्रोएडिको तालिम, सिलाई कटाई तालिम, बिल्डिङ ईलेक्ट्रिसियन तालिम, व्युटिसियन तालिम, कढाई तालिम, काठको मुढा वा अन्य तालिम, अगरबत्ती बनाउने तालिम, मैनबत्ती बनाउने तालिम, डल कुशन बनाउने तालिम र साबुन बनाउने तालिम लगायतका दर्जन भन्दा बढी कार्यक्रमहरु छिपहरमाई गाउँपालिकामा गरिरहेका छन् ।

बाराको परवानीपुर गाउँपालिका निवासी उमाशंकर महतोले आफू र आफ्ना आफन्त इष्टित्रहरु तथा नक्कली कागजातको आधारमा आधा दर्जन भन्दा बढी कम्पनी फर्म, सप्लायर्स, संस्थाहरु दर्ता गराई पर्सारबाराका विभिन्न पालिकाहरुमा समाजिक विकासको कार्यक्रम र सिपमुलक तालिमहरु मापदण्ड विपरित संचालन गरेर अनियमिता गरिरहेपनि सम्बन्धित निकायको ध्यान पुग्न नसकेको हो कि उनको पहुँच र पैसाको बलमा सम्बन्धित निकायले आखा बन्द गरेको प्रश्न उठ्न थालेको छ ।

स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाअध्यक्षहरु तथा प्रमुख प्रशासकिय अधिकृत, लेखापाल, योजना शाखा प्रमुखसरहको कर्मचारीहरुको घरघरमा रक्सी, मासु तथा घरायसी सरसमान गरिद गरि पुऱ्याइ विभिन्न किसिमका खुसामद गरेर महतोले कार्यक्रम हात पार्दै कार्यक्रममा लागतको २० प्रतिशत पनि काम नगरि कागजी प्रक्रिया पूरा गरि नक्कली बिल पेस गरेर भुक्तानी गराउने गरेका छन् ।

स्रोतका अनुसार संघसंस्था माफिया महतोले विभिन्न पालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई कमिशनको प्रभावमा पारि समाजिक विकास र सिपमुलक तालिमहरु संचालन गर्ने गरेका छन् । उनले कार्यक्रम संचालनको लागि आफ्नै तीन वटा संस्था वा कम्पनीहरु कोटेशनको लागि पेश गर्ने गरेका छन् ।

उनले आफै तीन वटा संस्थाको प्राविधिक तथा आर्थिक प्रस्तावना तयार गरि कार्यक्रम हात पार्ने गरेका छन् । प्रस्तावना स्वीकृत गर्ने कर्मचारीलाई उनले मोटो रकम कमिशन दिएका कारण उनले पेश गरेको प्रस्तावना चेकजांच विना नै उनले भनेअनुसार नै स्वीकृत गरिदिने गरेका छन् । जसकारण कम लगानीमा संचालन हुन सक्ने कार्यक्रममा सरकारको ठुलो लगानी खर्च हुने गरेको छ ।

अर्कोतर्फ उनले पेश गरेको प्रस्ताव अनुसार समेत कार्यक्रम संचालन नगरेको तथ्य र प्रमाणहरु फेला परेका छन् । उनले केही दिन पहिला देखि चलिरहेको छिपहरमाई गाउँपालिका वार्ड नम्बर १ मिर्जापुरमा संचालन गरेका हेन्ड इम्ब्रोएडिको तालिमको ब्यानरमा समेत संचालन र समाप्ति मिति थिएन । छिपहरमाई गाउँपालिकाको सहयोग र सृजनशिल ब्यवसाय तालिम केन्द्र प्रा.लि. वीरगंज महानगरपालिका २१ पर्साको आयोजनामा संचालित हेन्ड इम्ब्रोएडिको तालिमको ब्यानरमा मिति समेत नलेखिएको र उध्घाटन गरेर फेरि ब्यानर हटाइएको छ । ब्यानर बिनाकै तालिम भइरहेको छ । सोही गाउँपालिकाको वार्ड नम्बर ३ जयमंगलापुरमा पनि संचालनमा रहेको सिलाइ कटाई ब्यानर बिना कै तालिम भइरहेको छ । इ दुबै कार्यक्रम स्थलमा पुगेर सोधपुछ गर्दा ब्यानर संचालकले लागि सकेको प्रशिक्षकहरु बताउँछन । कार्यक्रमबारे कोइ कसैले बोल्न मान्दैन । सोही गाउँपालिकाको वार्ड नम्बर ४ मा पनि उनको कार्यक्रमहरु रहेको तर त्याहा केही बिवादका कारण अहिले सम्म संचालनमा नआएको उनिहरु बताउँछन् ।

जुन सुकै कार्यक्रम संचालन गर्दा ब्यानरमा कार्यक्रम संचालनको मिति अनिवार्य राख्नु पर्ने प्रावधान रहेपनि त्यसको समेत पुरा गरिएको छैन । यसले तालिम कति दिनको हो ? कहिले संचालन भयो र कहिले सम्पन्न हुने हो भने अन्यौल सृजना गरेको छ । यसले समाचार स्रोतले भनेअनुसार महतोले संचालन गर्ने कार्यक्रमको तस्बिर लिएर मात्र कार्यक्रम सकाउने गरेको तथ्य प्रमाणित गर्दछ । अर्को तर्फ उनको प्रस्तावना स्वीकृत गर्ने छिपहरमाई गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतको सलंगनता समेत प्रमाणित गर्दछ । तालिम संचालनको लागि आर्थिक सहयोग गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत र समाजिक विकास शाखाबाट कार्यक्रमको अनुगमन समेत नहुनु र ब्यानारमा बिनाकै तालिम संचालन हुनुले पालिका कर्मचारीहरुको सलंग्नता समेत प्रमाणित गरेको जानकारहरु बताउँछन् ।

यतिमात्र नभइ अधिकृत रौनियारले आफ्ना नजिक तथा प्रियपात्र छिपहरमाईमा गाउँपालिकामा योजना शाखामा कार्यरत करारका एक कर्मचारीलाई पनि दर्जनौं कार्यक्रमहरु दिएका छन् । अधिकृत रौनियार र ती करारका कर्मचारीले कमाइको फिप्टी/फिप्टी मिलिबाडी खाने हिसाबले कार्यक्रम दिएका छन । ती करारका कर्मचारीले आफन्त इष्टित्र तथा जाली कागजातको आधारमा आधा दर्जन भन्दा बढी कम्पनी फर्म, सप्लायर्स, संघसंस्था दर्ता खडा गरि काम गरिरहेका छन । ती नेपाल सरकारका कर्मचारी हुन कि संघसंस्था माफिया ? पालिको करार कर्मचारीमा नियुक्त रहे पनि कम्पनी गैरसरकारी संस्था खोलेर बसेका छन् । सरकारी कर्मचारीहरू नै सङ्घसंस्था खोलेर सामाजिक विकास कार्यक्रममा संलग्न हुँदा यस्ता कार्यमा भ्रष्टाचारको सीमा नाघेको छ । पालिकाका कर्मचारीले यसरी खुलेआम नीतिनियमविपरीत काम गरिरहेको भए पनि यसको नियन्त्रणका लागि कतैबाट पनि पहल भएको छैन । यस्ता झोले कर्मचारी तथा संघसंस्था माफिया भ्रष्टहरूले गर्दा पर्साको अधिकांश राम्रो सङ्घ संस्थाहरूलाई कार्य गर्न अवसर प्राप्त नभएको र यो सामाजिक विकास सम्बन्धी कामहरूको बदनामी भइरहेको छ ।

कार्यक्रमहरुमा न्यूनतम ४० प्रतिशतदेखि ६० प्रतिशतसम्म कमिसन लिएर कम्पनी संघसंस्था गैरसरकारी संस्थाहरुलाई काम जिम्मा लगाउने गरेको हल्ला यस गाउँपालिकाका लागि आम भइसकेको छ। कतिपय अनौपचारिक कुराकानीमा स्थानीय तहको रकम विनियोजनबाट काम गरिरहेका संघसंस्था गैरसरकारी संस्थाका प्रतिनिधिहरु नै यो कुरा स्वीकार्छन् । नाम नबताउने सर्तमा एक संस्थाका संचालकले भने, ‘६० प्रतिशतसम्म कमिसनको चलखेल भएको हामीलाई थाहा छ । के गर्नु… यहाँ कमिसन नदिइकन काम पाउन मुश्किल छ।’

संस्थाका संचालक उमाशंकर महतो संग यस विषयमा बारे बुझ्न खोज्दा आफू फोनमा केही नबोल्ने, भेटेर कुरा गर्छु भनेर हतारहतारमा फोन काटे, त्यसपछि पटक पटक फोन गर्दा सम्पर्कमा आउन चाहेनन् ।

तत्कालीन अधिकृत रौनियारसंग यस गाउँपालिकाले चलाउने तालिम हो कि ? संघसंस्थाबाट चलाउने तालिम हो ? प्रश्न राख्दा कार्यपालिकाबाट निर्णय गराएर संघसंस्थालाई दिएका हौ , गाउँपालिकाबाट हुने तालिमलाई पनि पालिकामा जनसक्तिको अभाव देखाइ कार्यपालिकाबाट निर्णय गराएर मोटो कमिसन बुझेर संघसंस्थालाई दिएको समाचार प्राप्त भएको छ । संघसंस्था माफिया महतोलाई नै वडा नम्बर १,३,४ तालिम कार्यक्रम एउटै ब्यक्तीलाई तीन वटा वडाको दर्जनौं तालिम कसरी पऱ्यो ? मोटो कमिसनमा कागजी प्रक्रिया पुरा गरेर एउटै ब्यक्तिलाई ७० लाख दिनुभएको बारे स्थानीय स्तरमा चर्चा चल्न थालेको छ । अधिकृत रौनियरसंग प्रश्न राख्दा उनले आफू कुनै किसिमको कमिसन नलिएको तर विवादित र अवैध गलत प्रक्रियाबाट सोलारको पेमेन्ट गराउन खोज्दा आफुले नगरेकोले म र लेखापाल सरुवाको सिकार भइयो र त्यही भएर मलाई बदनाम गर्न खोजिएको हो भन्ने जवाफ दिइयो ।

यस विषयमा हालै निमित्त प्रमुख प्रशासकिय अधिकृतको रुपमा कार्यभार सम्भालेका सुनी कुमारसंग कुरा गर्दा ब्यानर बिनाकै तालिम चलिरहेको र पैसा कुम्ल्याउन तालिमको नाममा अनियमितता भइरहेको बारेमा तालिम स्थलमा पुगेर फोन गरि जानकारी गराउँदा अधिकृत सनीले कार्यक्रम संचालकलाई अफिसमा बोलाएर सोधपुछ गर्छु भन्ने अभिव्यक्ति दिए । तर, उनले पनि कुनै कदम चालेको देखिँदैन ।