सरकारले प्रेस स्वतन्त्रता हनन् नगरेको केपी ओलीको जिकिर

सरकारले प्रेस स्वतन्त्रता हनन् नगरेको केपी ओलीको जिकिर


नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले नागरिकतामाथि प्रश्न उठेपछि कान्तिपुर मिडिया ग्रुपका अध्यक्षलाई प्रहरीले पक्राउ गरेको घटनाले प्रेस स्वतन्त्रता हनन् नहुने बताएका छन् ।

एमाले मोरङ जिल्ला कमिटीले विराटनगर-११ स्थित पाञ्चालिमा रहेको भवन परिसरमा निर्माण गरिएको नेताद्वय स्व. पुष्पलाल श्रेष्ठ, मदनकुमार भण्डारी र मनमोहन अधिकारीको अर्धकदको शालिक अनावरणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले नागरिकता छानबिनको विषय प्रेस स्वतन्त्रता हनन्सँग सम्बन्धित नरहेको प्रष्ट्याए ।

‘नागरिकता छानबिनबाट मुलुकमा अधिनायकवाद र निरङ्कुशता कायम हुने भन्ने कुरा जनतामा भ्रम सिर्जना गर्ने कार्यमात्र भएको हो । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कसैको रिसइबिले होइन नागरिकतासम्बन्धी मुद्दामा पक्राउ परेका हुुन्, यसलाई गलत रुपमा प्रस्तुत गर्नु हुँदैन’, अध्यक्ष ओलीले भने ।

उनले नेपाली कांग्रेसले सहकारीको मुद्दामा सडकमा आन्दोलन गर्नु जरुरी नभएको धारणा पनि राखे ।

photo: rss