‘न्यायपालिका र स्वतन्त्र प्रेस एकअर्काका परिपूरक’ : प्रधानन्यायाधीश

‘न्यायपालिका र स्वतन्त्र प्रेस एकअर्काका परिपूरक’ : प्रधानन्यायाधीश


प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले स्वतन्त्र न्यापालिका र स्वतन्त्र प्रेस एकअर्काका परिपूरक भएको बताउनुभएको छ ।

सर्वोच्च अदालत र संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले संयुक्तरूपमा शुक्रबार धुलिखेलमा आयोजना गरेको ‘अदालती रिपोर्टिङ र सञ्चार माध्यम’ विषयक कार्यशालाको उद्घाटन समारोहमा प्रधानन्यायाधीश श्रेष्ठले न्यायालयको संवेदनशीलतालाई बुझेर गरिने यथार्थपरक, सत्यतथ्य र व्यावसायिक पत्रकारिताले न्यायपालिकाको विश्वसनीयताका साथै जनआस्था वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले ‘हाई प्रोफाइल केस’मा मिडिया ट्रायल हुने गरेको उल्लेख गर्दै अदालत रिपोर्टिङलाई विशेष रिपोर्टिङका रूपमा स्थापित गराउन आवश्यक रहेको बताउनुभयो । उहाँले अदालती रिपोर्टिङमा राजनीतिक विषयलाई छुट्टयाउन चुनौती रहेको भन्दै अदालतको संवेदनशीलतालाई बुझेर यथार्थपरक सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो ।

न्यायालयका सूचना सम्प्रेषणलाई सत्य तथ्य र यथार्थपरक बनाउन व्यावसायिकता अभिवृद्धि गर्ने उद्देश्यले दुई दिवसीय कार्यशाला राखिएको मञ्चका अध्यक्ष कालिका खड्काको भनाइ छ ।

photo: rss