मोटरसाइल दुर्घटनामा एक युवकको मृत्यु, एक घाइते

मोटरसाइल दुर्घटनामा एक युवकको मृत्यु, एक घाइते


कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका-३ मा मोटरसाइल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । कपिलवस्तु-३ महिता चोक नजिकको मोडमा शनिबार बिहान मोटरसाइकल दुर्घटना हुँदा रुपन्देहीको सैनामैना नगरपालिका-५ गडवाका २३ वर्षीय कुमार थारुको मृत्यु भएको हो । दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् ।

तौलिहवातर्फ आइरहेको लु४४प १३१४ नम्बरको मोटरासाइकल अनियन्त्रित भई सडकबाट केही तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिए । उनका अनुसार मोटरसाइकल चालक गडवा गाउँकै ३८ वर्षीय निरकुमार थारु गम्भीर घाइते भएका छन् ।

घाइते थारुको कपिलवस्तु अस्पताल तौलिहवामा उपचार सम्भव नभएपछि थप उपचारका लागि मेडिकल कलेज भैरहवा पठाइएको प्रहरीको भनाइ छ ।