सरकारसँगको सम्झौता कार्यान्वयन नभएको महन्थ ठाकुरको गुनासो

सरकारसँगको सम्झौता कार्यान्वयन नभएको महन्थ ठाकुरको गुनासो


लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले तत्कालीन मधेस आन्दोलनका क्रममा सरकारसँग भएका विभिन्न सम्झौताहरु पालना नभएको गुनासो गरेका छन् । जनसङ्ख्याको आधारमा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उनको माग छ ।

लोसपा नेपाल जिल्ला कार्यसमिति सर्लाहीद्वारा सदरमुकाम मलङ्गवामा आइतबार (१३ जेठ) आयोजित सदस्यता वितरण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले संविधान र कानुनलाई आफ्नो पार्टीले परिपालन गरिराखेको जिकिर गरे ।

‘हामी चुनाव लड्छौँ, चुनाव लड्नु भनेको त युद्धसरह हो, हामी शान्तिपूर्ण रुपमा अहिंसात्मक आन्दोलन गरिरहेका छौँ’ भन्दै अध्यक्ष ठाकुरले मधेस आन्दोलनको क्रममा नेता कार्यकर्तामाथि लगाइएको झुठा मुद्दा फिर्ता गर्न र जेलमा रहेको तथा मुद्दा लगाइएपछि फरार रहेकामाथिको मुद्दा पनि फिर्ता गर्न सरकारसँग माग गरे ।

photo: rss