मोटरसाइकल चोरीमा संलग्न दुई जना ट्राफिक प्रहरीको नियन्त्रणमा

मोटरसाइकल चोरीमा संलग्न दुई जना ट्राफिक प्रहरीको नियन्त्रणमा


काठमाडौंको बसुन्धारा र कपनबाट मोटरसाइकल चोरीमा संलग्न २ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । नुवाकोटको शिवपुरी गाउँपालिका २ छाप घर भइ हाल काठमाडौंको बसुन्धारा बस्ने २८ वर्षीय रविन्द्र तामाङ र काठमाडौंकै कपन बस्ने २० वर्षीय कृष्ण तामाङलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

वास्तविक नम्बर परिवर्तन गरी लु७८प ६७५८ नम्बर राखी चलाइरहेको अवस्थामा मोटरसाइकल सहित रविन्द्रलाई आइतबार दिउँसो ट्राफिक प्रहरीले फेला पारेको थियो । रविन्द्रमाथि अनुसन्धान गर्दा उक्त मोटरसाइकल कृष्णबाट लिएको भनि खुल्न आएपछि काठमाडौंको कपनबाट कृष्णलाई पनि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आएका दुबै जनालाई अनुसन्धान तथा कारबाहीका लागि आज प्रहरी वृत्त महाराजगञ्ज पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

बागमती प्रदेश–०२–०३२प ९५७१ नम्बरको कालो रंगको २२० सिसीको पल्सर मोटरसाइकल काठमाडौंकै टोखा नगरपालिका १० स्थित महादेवटारमा रहेको घर अगाडिबाट हराएको भनि धर्मेन्द्र राईले ट्राफिक प्रहरीमा खोजतलासको लागि दिवेदन दिएका थिए ।