लामिछानेलाई पदमुक्त गर्नुपर्ने माग गर्दै सर्वाेच्चमा मुद्धा दायर

लामिछानेलाई पदमुक्त गर्नुपर्ने माग गर्दै सर्वाेच्चमा मुद्धा दायर


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान र गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वाेच्च अदालतमा मुद्धा दायर भएको छ । लामिछानेलाई पदमुक्त गर्नुपर्ने माग गर्दै अधिवक्ता अनुपम भट्टराईले रिट दायर गरेका हुन् ।

महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दीनमणि पोखरेल र लामिछानेलाई विपक्षी बनाएर दायर भएको मुद्धाको पेशी यही जेठ १६ गतेका लागि तोकिएको छ ।

गत वैशाख २४ मा महान्यायाधिवक्ता कार्यालयले बुटवलको सुप्रिम सहकारी, चितवनको सहारा सकारी र पोखराको सूर्यदर्शन सहकारी संस्थाका विषयमा रकम हिनामिना गरेको उजुरी कहिँकतै नपरेको पत्र लामिछानेलाई दिएको थियो ।