कांग्रेसका सुरेन्द्रराज पाण्डे गण्डकीको मुख्यमन्त्रीमा पुनः नियुक्त

कांग्रेसका सुरेन्द्रराज पाण्डे गण्डकीको मुख्यमन्त्रीमा पुनः नियुक्त


गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री पदमा नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे पुनः नियुक्त भएका छन् ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा नेता पाण्डेलाई आज (१६ जेठ) मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यसअघि पाण्डे विसं २०८० वैशाख १४ गते पनि मुख्यमन्त्री नियुक्त भएका थिए ।

सर्वोच्च अदातलतले गत सोमबार नेकपा (एमाले) प्रदेशसभा संसदीय दलका खगराज अधिकारीले मुख्यमन्त्रीमा पाएको विश्वासको मत अवैधानिक भएको ठहर गर्दै पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । तत्कालीन सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका पाण्डेले गत चैत २१ गते पदबाट राजीनामा दिएका थिए ।

ज्ञातव्य छ, साठी सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका २७ सदस्य छन् ।

photo: rss