झापाका विद्यार्थीलाई छात्रवृत्ति

झापाका विद्यार्थीलाई छात्रवृत्ति


झापाका विभिन्न विद्यालयका ७९ जना जेहेन्दार विद्यार्थीहरूलाई झापा विकास मञ्च, झापाली समाज अमेरिका र झापा जिल्ला सहकारी सङ्घमार्फत छात्रवृत्ति वितरण गरिएको छ ।

यही जेठ १५ गते विर्तामोडमा आयोजित सो कार्यक्रममा विशेष अतिथिको रूपमा मन्तव्य दिँदै झापा विकास मञ्चका अध्यक्ष डा. आनन्दप्रसाद श्रेष्ठले झापालीहरू अमेरिका, युरोप वा संसारको जुनै कुनामा रहेपनि झापाकै मुटु धड्किने हुँदा त्यसैको परिणामस्वरुप यस्ता समाजोपयोगी काम वा कार्यक्रमको आयोजना हुनेगरेको अभिव्यक्ति दिँदा कार्यक्रममा उपस्थित तमाम झापालीजन हर्षविभोर हुन पुगेका थिए ।

विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेहरूमा झापा विकास मञ्चका तर्फबाट ५४ जनामध्ये डा. आनन्द श्रेष्ठ र उपाध्यक्ष हरि उप्रेतीले एक÷एक जना विद्यार्थीलाई वर्षेनी वितरण गरिने छात्रवृत्तिको जिम्मेवारी लिएका थिए । वर्षेनी एक्काइस हजार रुपैयाँ वितरण गरिने यस योजनामा यस वर्ष प्रतिविद्यार्थी पन्ध्र हजारमात्रै वितरण गरिएको थियो ।

समारोहमा झापाली समाज अमेरिका तथा हाल अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगाना, झापा विकास मञ्च काठमाडौंका अध्यक्ष मुकुन्द ढुंगाना, झापा विकास मञ्च काठमाडौंका अध्यक्ष डा. श्रेष्ठ, उपाध्यक्ष हरि उप्रेती तथा सहकारी संघका पदाधिकारी सदस्यहरू एवम् झापाका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो ।