नेपाल प्रहरी र सशस्त्र प्रहरी : उमेरहद अध्ययन कार्यदल

नेपाल प्रहरी र सशस्त्र प्रहरी : उमेरहद अध्ययन कार्यदल


गृहमन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको उमेरहद अध्ययन गर्न कार्यदल बनाएको छ । गृहमन्त्रालयका सहसचिव कर्मचारी प्रशासन महाशाखा प्रमुख झक्कप्रसाद आचार्यको नेतृत्वमा ७ जनाको कार्यदल गठन भएको हो ।

कार्यदलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक एक जना प्रहरी नायव महानिरीक्षक (डिआइजी), गृहमन्त्रालयका उपसचिव, कानुन मन्त्रालयका उपसचिव, सुरक्षा विज्ञ र गृहकै प्रहरी कर्मचारी प्रशासन शाखाका उपसचिव सदस्य सचिव रहेको कार्यदल गठन भएको हो । यो कार्यदललाई एक महिनाको समय सीमा तोकिएको छ ।

प्रहरीमा हाल सेवाअवधि ५८ वर्ष कायम छ भने यसलाई बढाएर ६० वर्ष पुऱ्याउनुपर्ने माग विगतदेखि नै भइरहेको छ । निजामति कर्मचारीको पनि सेवा अवधि ५८ वर्ष छ । यसलाई पनि बढाएर ६० पुऱ्याउने तयारीमा सरकार रहेको छ ।