वीरगञ्जमा युवकको बेवारिसे शव

वीरगञ्जमा युवकको बेवारिसे शव


पर्साको वीरगञ्जमा करिव ३० वर्षका एक पुरुषको शव फेला परेको छ ।

वीरगञ्ज महानगरपालिका १६ शंकराचार्य गेट स्थित खुल्ला चौरमा कालो रंगको सर्ट, निलो रंगको टिसर्ट, कालो रंगको जिन्स पाइन्ट र खैरो रंगको जुत्ता लगाएको हालसम्म नामथर वतन नखुलेको करिव २५-३० को पुरुष मृत फेला परेका हुन् ।

मृतकको उचाइ ५ फिट ४ ईन्च र तौल ६०/६५ किलो रहेको प्रहरीले जनाएको छ । उनका साथमा कालो रंगको सर्ट, निलो रंगको टिसर्ट, कालो रंगको जिन्स पाइन्ट र खैरो रंगको जुत्ता लगाएका उनीको हत्या भएको आशंका छ ।