औषधि व्यवसायी संघ पाँचथर-ताप्लेजुङ : साधारणसभा अवैध

औषधि व्यवसायी संघ पाँचथर-ताप्लेजुङ : साधारणसभा अवैध


नेपाल औषधि व्यवसायी संघ पाँचथर-ताप्लेजुङको दोस्रो साधारणसभा अवैध भएको भन्दै उजुरी परेको छ । साधारणसभामा अवैध व्यक्तिलाई सहभागी गराएको, औषधि व्यवसायी र संघमा आवद्ध व्यवसायीलाई सहभागी नै गराएको उजुरीमा उल्लेख छ ।

संघको केन्द्रीय समिति र कोशी प्रदेश समितिमा गरिएको उजुरीमा भनिएको छ, ‘विधानबमोजिम निर्वाचन अधिकृत नियुक्ति गरी सदस्यको नामावली प्रकाशन एक महिना पहिला गरेरमात्र निर्वाचन गर्नु पर्नेमा त्यो पालना भएको छैन ।’

गत वैशाख १७ गते भएको भनिएको अधिवेशनमा संघमा सदस्य नै नरहेका ३ जना व्यक्तिलाई आफूखुसी संघमा निर्वाचित गरेको उजुरीमा उल्लेख छ । संघका अध्यक्ष बसन्तराज पाण्डे, सचिव गोपाल बास्कोटा, उपाध्यक्ष रिता सिवाकोटीसमेतले दिएको उजुरी ८ बुंदे रहेको छ ।

उजुरी पत्र यस्तो छ-