चट्याङ लागेर एक जनाको मृत्यु

चट्याङ लागेर एक जनाको मृत्यु


मकवानपुरको राक्सिराङ गाउँपालिका-२ थुम्कीमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।

आज (३ असोज) बिहान घरमै सुतिरहेको अवस्थामा ४५ वर्षीय वीरबहादुर प्रजालाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीको भनाइ छ ।

चट्याङ लागेर घाइते भएका प्रजाको हेटौंँडा अस्पतालमा लगेपछि चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाइ छ । मृतकको शव अस्पतालमा राखिएको रहेको छ ।