नगरसभा स्थगित गरेर काठमाडौंका मेयर बालेन उडे ब्राजिल

नगरसभा स्थगित गरेर काठमाडौंका मेयर बालेन उडे ब्राजिल


काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह नगरसभा स्थगित गरेर ब्राजिल उडेका छन् ।

आइतबार नगरसभामा विवादित भएपछि स्थगित गरेर मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन सोमबार ब्राजिल प्रस्थान गरेका हुन् । उनले यही असार १० गतेसम्म नगरसभा स्थगित गरेका छन् ।

मेयर बालेन मेट्रोपोलिस निर्देशक बोर्ड सदस्य हुन् । यही साउन ५ र ६ गते ब्राजिलको साओ पाउलोमा हुने निर्देशक समितिको बैठकमा भाग लिन उनी ब्राजिल गएका हुन् ।

बैठकमा शहरी आवास र भवनको विषय निर्देशक बोर्डमा छलफल हुने छ भने सहरमा आवासका चुनौतीलाई सामना गर्न, सभ्य र सहज आवाससँग सम्बन्धित विषय समेटिएका छन् ।