सुर्खेतमा पहिरोले पुरिँदा बालकको मृत्यु

सुर्खेतमा पहिरोले पुरिँदा बालकको मृत्यु


सुर्खेतको भेरी नगरपालिका-४ इवरमा पहिरोले पुरिँदा एक बालकको मृत्यु भएको छ । पाँच वर्षीय बालक प्रिन्स विकको मृत्यु भएको र उनका बुबा रमेश घाइते भएका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

जिप्रका सुर्खेतका प्रहरी नायब निरीक्षक दलबहादुर विष्टका अनुसार विकका बाबुछोरा पहिरोले घरमै च्यापिएका थिए । सो क्रममा प्रिन्सको घटनास्थलमै निधन भएको र घाइते रमेशको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

Representative image