✍ नोवेल लम्साल
रम्घा गाउँ तनहुँमा वि.सं. १८१४ मा
धनञ्जय र धर्मवती आचार्यको कोखबाट
एक बालक धर्तीमा आयो
आचार्य परिवारमा खुशीको दीप जलायो
सन्तान प्राप्तिबाट सबैको खुशी भयो चित्त !
न्वारानमा बालकको नाम राखियो भानुभक्त
बिस्तारै ऊ उमेरमा बढ्दै गयो
पाँच वर्षको उमेरमा उसको अक्षराम्भ भयो
शिक्षा ग्रहण गर्नयोग्य भानुभक्त
शिक्षा प्रदान गर्ने हजुरबुबा श्रीकृष्ण
बौद्धिक क्षमताले युक्त भानुभक्त
उनको कलादेखि सबै भए छक्क
अध्ययनका लागि पुगे काशी
जीवन जिउने क्रममा भेटे उनले घाँसी
घाँसीसँगको सम्वादमा उनी प्रशन्न
घाँसीझैँ कीर्ति राख्ने उद्देश्य उनको टन्न
त्यसपछि सिर्जनाको शुरूवात गरे भइ प्रशन्न
संस्कृत रामायणलाई नेपालीमा अनुवाद गरी
बधुशिक्षा, भक्तमाला लगायतका कृतिहरू दिई
भए उनी आदीकवि नेपाली भाषा साहित्यको सेवा गरि
आज उनको जन्मजयन्ती
सम्मान छ है भानुभक्त तिमी र तिम्रो योगदानप्रति
तिमी र तिम्रो योगदान प्रति ।
- रतुवामाई-८, मोरङ
प्रतिक्रिया