सरकारले नेपाल प्रहरीका नायव महानिरीक्षक (डिआइजी) रामदत्त जोशीलाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) मा बढुवा गरेको छ । मंगलबार (२२ साउन) साँझ बसेको मन्त्रिपरिषद्को बैठकले जोशीलाई एआइजीमा बढुवाका साथै चार एआइजीहरूको सरुवा तथा पदस्थापन गरेको हो ।
जसअनुसार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआइजी दीपक थापालाई केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाटमा सरुवा गरिएको छ भने एआईजी श्यामलाल ज्ञवालीलाई अनुसन्धान ब्युरो लाजिम्पाटबाट नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग नक्सालमा सरुवा गरिएको छ ।
यस्तै, नेपाल प्रहरी प्रधान कार्यालयबाट किरण बज्राचार्यलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापना गरिएको र भर्खरै एआइजीमा बढुवा भएका रामदत्त जोशीलाई नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग नक्सालबाट प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ ।
प्रतिक्रिया