लागुऔषध नियन्त्रण ब्युरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो कोकिनसहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लात्भिया देश घर भएका ५१ वर्षीय इभार्स भाल्टर्स रहेका लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिएका छन् ।
दोहाबाट कतार एयरवेजमार्फत काठमाडौं आएका भाल्टर्सलाई ब्युरोको टोलीले बुधबार (२३ साउन) ६ किलो कोकिनसहित पक्राउ गरेको र उक्त विषयमा थप अनुसन्धान भइरहेको आ चार्यको भनाइ छ ।
प्रतिक्रिया