छोरीको हत्या गरेर खोलामा फाल्ने आमा पक्राउ

छोरीको हत्या गरेर खोलामा फाल्ने आमा पक्राउ


आफ्नै छोरीको हत्या गरेर खोलामा फाल्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

गत साउन २७ गते अपरान्ह ५ बजे काभ्रेको पनौती घर भएर हाल अस्थायी रूपमा ललितपुरको कोन्जोसोम-३ दलचोकी बस्दै आएकी २१ वर्षीया प्रमिला भण्डारीले आफ्नी २३ महिनाकी छोरी प्रिन्सिका भन्डारीको हत्या गरेर ठोस्ने खोलामा फालेको खुल्न आएको ललितपुर प्रहरीका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिएका छन् ।

घटनाको अनुसन्धान गर्दा बालिकाकी आमा प्रमिलाले आवेगमा आएर बालिकालाई हिर्काउँदा बालिका बेहोस भएपछि खोलामा फालेको खुल्न आएको प्रहरीको भनाइ छ । प्रहरीले प्रमिलालाई सोमबार (२४ भदौ) पक्राउ गरेर थप अनुसन्धानका लागि अदातलबाट ५ दिनको म्याद लिएको छ ।