करेन्ट लगाएर मारिएको अवस्थामा धान खेतमा हात्ती

करेन्ट लगाएर मारिएको अवस्थामा धान खेतमा हात्ती


करेन्ट लगाएर मारिएको अवस्थामा बारामा एक हात्ती फेला परेको छ । कोल्हबी नगरपालिका-२ भलुयाहीखोरमा करिब १५ वर्षको जङ्गलीहात्ती मृतावस्थामा फेला परेको कोल्हबी सबडिभिजन वन कार्यालयका प्रमुख अब्दुल करिमले जानकारी दिएका छन् ।

स्थानीय रमेश जिसीको धान खेतमा हात्ती मृतावस्थामा फेला परेको हो । हात्तीको घाँटीमा बिजुलीको तार बेरिएको अवस्थामा फेला परेको बताइएको छ ।

जङ्गलमा करेन्ट के उद्देश्यले, कसले, किन लगाएको हो भन्नेबारे अनुसन्धान भइरहेको र चाँडै विद्युतीय धराप थाप्ने व्यक्तिलाई पक्राउ गर्ने सबडिभिजन वन कार्यालयले जनाएको छ ।

यसअघि विसं २०८० फागुनमा समेत सोही स्थानमा करिब तीन वर्षको पोथी बाघ मृतावस्थामा फेला परेको थियो ।

photo: rss