कांग्रेसका भ्रातृसंस्थाको महाधिवेशन गर्न तीन निर्देशन समिति गठन

कांग्रेसका भ्रातृसंस्थाको महाधिवेशन गर्न तीन निर्देशन समिति गठन


नेपाली कांग्रेसले पार्टीका भ्रातृसंस्थाका महाधिवेशन निर्धारित समयमा सम्पन्न गर्न/गराउनका लागि विद्यमान तदर्थ समितिलाई समन्वय र सहयोग पुऱ्याइ आवश्यक निर्देशनसमेत गर्न विभिन्न तीन समिति गठन गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २३ गतेको निर्णयबमोजिम पार्टी सभापति शेरबहादुर देउवाले नेपाल महिला सङ्घ, नेपाल तरूण दल र नेपाल विद्यार्थी सङ्घको महाधिवेशन आगामी चैत मसान्तसम्ममा अनिवार्य रूपमा सम्पन्न गर्न निर्देशन समिति गठन गरेका हुन् ।

नेपाल महिला सङ्घ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा सहमहामन्त्री उमाकान्त चौधरी तथा सदस्यमा केन्द्रीय सदस्यद्वय पुष्पा भुसाल र रुक्मिणि कोइराला रहेका छन् ।

त्यस्तै नेपाल तरुण दल महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ तथा सदस्यमा केन्द्रीय सदस्यद्वय र सरिता प्रसाईं र जीतजङ्ग बस्नेत रहेका छन् ।

यसैगरी, नेपाल विद्यार्थी सङ्घ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा सहमहामन्त्री किशोरसिंह राठौर तथा सदस्यहरूमा केन्द्रीय सदस्यद्वयप्रतिमा गौतम र राजिव ढुङ्गाना रहेको पार्टी कार्यालयले जनाएको छ ।