आजको पञ्चाङ्ग एवम् राशिफल (२० असोज २०८१ आइतबार, ६ अक्टोबर २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (२० असोज २०८१ आइतबार, ६ अक्टोबर २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर शरद ऋतु वि.सं. २०८१ आश्विन २० गते तद्अनुसार सन् २०२४ अक्टोबर ६ तारिख आइतबार आश्विन शुक्ल पक्षको चतुर्थी तिथि विशाखा नक्षत्र प्रीति योग वणि करण आनन्दादिमा उत्पात योग चन्द्रमा तुला राशिमा १५ः५२ बजेसम्म त्यसपछि वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५९ मा भयो र सूर्यास्त साँझ १७ः४२ मा हुनेछ । कुष्माण्डा देवीको पूजाआजा ।

आजको राशिफल

मेष – नयाँ काम सुरु गर्ने र ब्यवसायबाट लाभ हुने समय छ । श्रमको उचित मूल्य प्राप्त गर्न सकिनेछ । लगनशीलताले काममा उत्साह जगाउला । व्यवसायको सिलसिलामा भ्रमण गर्ने मौका जुर्न सक्छ । आतिथ्यपूर्ण सम्मान पनि पाइने देखिन्छ । दामपत्यसुख बढ्नेछ भने मिठो भोजन प्राप्त होला । समग्रमा अनुकूलता वृद्धि हुने देखिन्छ ।

वृष – आजको दिन सहयोगीहरूको साथ पाइनाले अप्ठ्यारा कामहरु पनि सजिलै पूरा हुनेछन् । व्यापार–व्यवसायमा फाइदा होला । सकारात्मक परिणामदायी काम गरेर धेरैलाई आकर्षित गर्न सकिनेछ । सामान्य प्रयासबाटै काममा सफलता मिल्नेछ भने अधुरा काम बन्नेछन् । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । आफन्तसुख बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ ।

मिथुन – सामाजिक प्रतिष्ठा मिल्नेछ भने गरेका धेरैजसो कामको प्रशंसा हुनेछ । तथापि, अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नपर्ला, निर्णय गलत ठाउँमा पर्न पनि सक्छ । विवादमा परिनुका साथै सहयोगीहरू प्रतिस्पर्धीका रूपमा उभिन सक्छन् । विचार नपु¥याइ बोली र व्यवहार गर्दा समस्या उत्पन्न हुन सक्छ, सजग रहनुहोला । वादविवादबाट बच्ने प्रयत्न गर्नु हितकर रहनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – नयाँ कामको सुरुवात खासै राम्रो नभएपनि पहिलेका कमजोरीलाई सुधार गर्न सकिने समय छ । टाढिएका सहयोगीहरूको साथ मिल्नेछ । शिक्षा क्षेत्रमा सफलता हासिल गर्न सकिनेछ भने ब्यापारबाट सोचेअनुरुपकै लाभ मिल्ने देखिन्छ । आफन्तजनसँग चिसोपन पैदा हुनसक्छ, व्यवहारमा लचकता अपनाउने प्रयत्न गर्नु उचित हुनेछ । आरोग्यता रहनेछ । रसरागको भाव जागृत होला ।

सिंह – पराक्रम वृद्धि हुनेछ । मान-सम्मान प्रतिष्ठा आार्जन तथा राजनीति र नोकरीमा पनि प्रसिद्धि बढ्ने समय छ । आम्दानीका स्रोत पनि वृद्धि हुने देखिन्छ । मनोरञ्जनपूर्ण क्रियाकलापमा सहभागी हुन पाइएला । भौतिक सुख सुबिधाको साधन प्राप्तिको योग छ । सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिनुपर्नेछ, जसले मान प्रतिष्ठा उच्च तुल्याउला । पारिवारिक सुखशान्ति बढ्नुको साथै कार्यसफलता मिल्नेछ ।

कन्या – रोकिएका काम बन्ने तथा दिगो फाइदाको कार्यारम्भ हुनसक्ने समय छ । जिम्मेवारी थपिन सक्छ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । रमाइलो यात्राको सम्भावना छ । बोलीमा सजगता नअपनाए झूटा आरोप लाग्न सक्ने योग रहेकोले सजगताको खाँचो छ । आजको दिन साहित्यिक कार्यमा मन जाने देखिन्छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

तुला – दिन मिश्रित फलदायी रहला । स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ, सावधान रहनुहोला । स्वास्थ्यगत प्रतिकुलताका बाबजुद नियमित कार्यमा परिस्थितिले साथ दिनेछ । आजको दिन अरूका काममा पनि समय खर्चनुपर्ने देखिन्छ । पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला । पीडा दिनेहरु सक्रिय रहन सक्छन्, सावधान रहनु हितकर हुनेछ । खर्च केही वृद्धि भएपनि मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

वृश्चिक – कामको सन्दर्भमा उच्च व्यक्तिहरूसँग भेटघाट हुने समय छ । काममा अलिक प्रतिस्पर्धा भने गर्नुपर्ला । केही चुनौतीसमेत देखापर्न सक्छ, तर चुनौतीहरू सजिलै पार लाग्नेछन् । कोसिस गर्दा राम्रै अवसर मिल्ने योग छ । टाढाका शुभचिन्तकहरूले साथ दिनेछन् । आर्थिक पक्ष सबल बन्नेछ । बुद्धिविवेकले राम्रो काम गर्ने देखिन्छ ।

धनु – समय लाभदायक देखिन्छ । कर्मबल बढ्ला । व्यावसायिक काममा राम्रै फाइदा हुने देखिन्छ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने व्यापार-व्यवसायमा पनि फाइदै हुने समय छ । प्रतिस्पर्धीहरू पराजित हुनेछन् । आँटे-गरेको कार्यमा सफलता र आर्थिकलाभको योग छ । रसरागात्मक कार्यमा आकर्षण बढ्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मकर – अरूको मन जितेर अवसर हात पार्न सकिने दिन छ । व्यवसायबाट सोचेको लाभ मिल्ला । व्यावसायिक कामका लागि यात्राको सम्भावना छ । मित्र वर्गबाट साथ-सहयोग पाइनेछ । सामाजिक एवं राजनैतिक क्षेत्रमा गरेको योगदानले मानसम्मान मिल्ला । आजको दिन चोटपटकको भय रहेकोले सावधान रहनुहोला । आफन्तको साथ प्राप्त हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।

कुम्भ – ब्यस्तता र दौडधुप बढ्ने समय छ । आकस्मिक खर्च वृद्धि होला । अर्थअभावले बन्न लागेको काम स्थगित हुने सम्भावना छ । झमेला, विवाद र चोटपटकबाट जोगिन आज विशेष सावधानी अपनाउनु हितकर हुनेछ । कामको चाप पनि बढ्ने देखिन्छ । मित्रजनको सहयोग र मिठो भोजन प्राप्त होला ।

मीन – आश्वासन दिनेहरूले झुक्याउन सक्छन्, भौतिक साधनको क्षति हुने सम्भावना छ । पठनपाठनमा त्यत्ति ध्यान दिन नसकिएला । नियमित काममा समेत केही चुनौती देखापर्नेछन् । स्वास्थ्यमा देखिने समस्याले नियमित काम एवं पढाइलेखाइ प्रभावित हुने सम्भावना छ । रसरागमा भने आकर्षण बढ्नेछ । साझेदारीको काम बन्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।