एमालेले मैत्रीनगरमा पार्टीको केन्द्रीय कार्यालय भवन निर्माण गर्ने

एमालेले मैत्रीनगरमा पार्टीको केन्द्रीय कार्यालय भवन निर्माण गर्ने


नेकपा एमालेले कीर्तिपुर-२ मैत्रीनगरमा केन्द्रीय कार्यालयको भवन निर्माण गर्ने भएको छ । बल्खुको भवन भुकम्पले भत्काएपछि धुम्बाराही, थापाथली हुँदै ललितपुरको च्यासलमा स्थान्तरण भएको पार्टीकार्यालय अब कीर्तिपुरमा निर्माण गरिन लागिएको हो ।

बिहीबार (२४ असोज) बसेको एमाले सचिवालय बैठकले मैत्रीनगरमा केन्द्रीय कार्यालयको भवन निर्माण गर्ने निर्णय गरेको हो, जसको शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले शिलान्यास गर्नेछन् ।

शुक्रबार १२ बजेर २५ मिनेटको शुभ साइतमा पार्टी कार्यालयको भवन शिलान्यास गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ । सो स्थानमा एमालेको लगभग १२ रोपनी जग्गा रहेको छ ।

च्यासलमा रहेको केन्द्रीय कार्यालयमा पटक पटक मनोहराको पानी पसेपछि एमालेले कीर्तिपुरमा पार्टी कार्यालय बनाउन लागेको हो ।