✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर शरद ऋतु वि.सं. २०८१ आश्विन २६ गते तद्अनुसार सन् २०२४ अक्टोबर १२ तारिख शनिबार आश्विन शुक्ल दशमी तिथि श्रवण नक्षत्र धृति योग तैतिल करण आनन्दादिमा स्थिर योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः०३ मा भयो र सूर्यास्त साँझ १७ः३६ मा हुनेछ । देवी बिसर्जन, विजयादशमी, दशैंको टीका, खड्गयात्रा, शमिदर्शन, बौद्धावतार, टीका बिहान ७ बजे शुभ बेला, दिउँसो ११ः३० देखि १२ बजे अभिजित योग, दिउँसो २ देखि ४ बजे लाभ अमृत बेला ।
आजको राशिफल
मेष – अचानक कमाई हुने समय छ । फलदायी यात्राको प्रक्रिया अघि बढ्ने देखिन्छ । मित्रजन एवम् घरपरिवारबाट सुखशान्ति मिल्ने योग छ । राजकाजमा सफलता प्राप्ति र उन्नति–पदोन्नति हुने देखिन्छ । नयाँ सफलताका साथै मिठो भोजन प्राप्त हुनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ । आमोदप्रमोदको भाव रहला ।
वृष – धर्मकर्ममा आकर्षण बढ्ने समय छ । भाग्यबल बढेपनि आजको दिन नसोचेको ठाउँमा खर्च हुन सक्छ । ब्यर्थको खर्चले मन पिरोल्ला । कामको चाप बढ्ने देखिन्छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान होला । आफन्तको साथले उत्साह बढ्ने योग छ ।
मिथुन – दिन रमाइलो किसिमले बित्ने देखिन्छ । आफन्तमिलनले सुख दिनेछ । प्रियजनसँगको भेटले मन प्रफुल्ल तुल्याउनलाा । विशेष कार्यमा अरुको भर नपर्नु हितकर हुनेछ । पराक्रम, बौद्धिकता र रचनात्मकता बढ्नेछ । शत्रुपक्ष परास्त हुनेछ ।
कर्कट – नयाँ कामको योजना बन्ने समय छ । धनार्जनको योग रहेकोले बचत हुने प्रवल सम्भावना देखिन्छ । परिवारिक सुख वृद्धि र प्रेमभाव बढ्नेछ । कर्मबल बढ्नेछ भने साझेदारीको काम बन्नेछ । साथीभाइको सहयोग प्राप्तिले सुख बढ्नेछ । रसरागमा आकर्षण रहला ।
सिंह – मनोरञ्जनात्मक तरिकाबाट काम बन्ने समय छ । पशुधन र जमिनबाट सामान्य लाभ होला । नयाँ कामका योजनाहरु बन्ने देखिन्छ । प्रेमभावका साथै साहस वृद्धि होला । रसरागतर्फ मन आकर्षित रहनेछ । इष्टमित्रको साथ–सहयोग रहनेछ । पारिवारिक सुख बढ्नेछ ।
कन्या – पराक्रम र प्रेम वृद्धि हुने देखिएपनि आजको दिन आगो र मेसिनरी सामग्रीबाट जोगिनुपर्ने देखिन्छ । वादविवादको सामना गर्नुपर्ने योग रहेकोले संयमता अपनाउनु हितकर होला । आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन्, ध्यान राख्नुहोला । यात्रागत कार्यमा भने सफलता प्राप्त हुनेछ । आफन्तजन सहृदयी रहनेछन् ।
तुला – स्वास्थ्यका दृष्टिकोणले राम्रो समय भएपनि जागिरको काममा डर हुनेछ । मान सम्मान मिले पनि सन्तुष्टि मिल्नेछैन । तथापि, आर्थिकलाभ हुनेछ । रसरागको भाव वृद्धि होला । व्यस्तता बढ्नेछ । आरोग्यबल रहनेछ । मिठो भोजन प्राप्त होला ।
वृश्चिक – शुभदायी समय छ । रमाइलो किसिमले दिन बित्ला । कामबाट सजिलै फुर्सद पाइने देखिन्छ । मनोरञ्जनपूर्ण दिन रहनेछ । प्रसन्नता मिल्ने देखिन्छ । आफन्तको साथ सहयोग प्राप्त होला । सामर्थ्य वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ ।
धनु – अप्रत्याशित तवरले लाभ हुने समय छ । काममा प्रशस्त मात्रामा मन जाने देखिन्छ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला । मान महत्व प्राप्त हुनेछ । सुख बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
मकर – समय केही प्रतिकुल प्रतीत हुन सक्छ । अनावश्यक झमेलामा पर्ने सम्भावना छ, सावधानीपूर्वक व्यवहार गर्नु हितकर होला । पीडा दिनेहरु सक्रिय हुन सक्छन् । आज केही हानी हुनसक्ने योग रहेकोले सावधान रहनु होला । सबल स्वास्थ्यको लागि सजगता अपनाउनु उचित हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।
कुम्भ – धन आर्जनको दृष्टिले राम्रो दिन छ । अन्नसम्बन्धी कार्यबाट विशेष लाभ हुने देखिन्छ । मित्रजनको साथ–समर्थन मिल्ने योग छ । व्यवसायमा लगानी वृद्धि हुन सक्छ । मिठो भोजन प्राप्त हुनेछ । सामर्थ्य बढ्नेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।
मीन – आय वृद्धि हुने समय छ । राम्रो कमाइका कारण सुख मिल्ला । नसोचेको ठाउँबाट धनलाभ भइ मन हर्षित हुने छ । भाग्यबल बढ्नेछ । आफन्तको साथ मिल्नेछ । सुख विलास वृद्धि होला । कुनैपनि समस्याको समाधान मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।
प्रतिक्रिया