आजको पञ्चाङ्ग एवम् राशिफल (२९ असोज २०८१ मंगलबार, १५ अक्टोबर २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (२९ असोज २०८१ मंगलबार, १५ अक्टोबर २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर शरद ऋतु वि.सं. २०८१ आश्विन २९ गते तद्अनुसार सन् २०२४ अक्टोबर १५ तारिख मंगलबार आश्विन शुक्ल पक्षको त्रयोदशी तिथि पूर्वाभाद्रपद नक्षत्र वृद्धि योग कौलव करण आनन्दादिमा काण योग चन्द्रमा कुम्भ राशिमा १५ः२५ पर मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः०४ मा भयो र सूर्यास्त साँझ १७ः३३ मा हुनेछ । प्रदोषव्रत ।

आजको राशिफल

मेष – मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिने समय छ । धन कमाउने अवसर पनि मिल्ने देखिन्छ । रोकिएका काममा दोहो ऱ्याएर प्रयत्न गर्नु हितकर होला । मित्रजनसँगको भेटघाटले दिनको पूर्वार्ध विशेष रमाइलो होला । परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ । नयाँ काममा हात हाल्ने अवसर जुट्ने योग छ ।

वृष – पछिका लागि फाइदा हुने काम प्रारम्भ गर्न सकिने समय छ । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका जुर्ला । मन मिल्ने साथी भेटिए पनि मनको भाव व्यक्त गर्न हतार नगर्नु उचित होला । रमाइलो यात्राको अवसर जुट्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग नजिकिन सक्छन् । रसरागको भाव वृद्धि हुनेछ ।

मिथुन – प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने दिन छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । मित्रहरूको सहयोग जुट्नाले काममा हौसला मिल्ला । तथापि, सामान्य आम्दानी भइरहे पनि आजको दिन अर्थअभावले सताउन सक्छ । छरछिमेकमा पनि असमझदारी बढ्न सक्ने योग छ । कुनै पनि कुरामा बलजफ्ती नगर्नुहोला, अन्यथा बन्न लागेको काम पनि बिग्रन सक्छ ।

कर्कट – आजको दिन अप्ठ्यारा कामको बोझ थपिन सक्छ । आश्वासन दिन्हरूले झुक्याउन सक्छन् । अरूको विश्वास गर्दा धोका पाइएला । व्यापारमा ठूलो उपलब्धि हासिल गर्न नसकिने देखिन्छ । इर्ष्या गर्नेहरूले काममा अवरोध गर्न सक्छन्, सजग रहनुहोला । आफ्नो योजना गोप्य राखेर अघि बढ्नुहोला ।

सिंह – प्रतिद्वन्द्वीहरूलाई परास्त गर्न सकिने समय छ । हिम्मत गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् भने रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्ने देखिन्छ । आकर्षक पहिरनमा सजिएर बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । पहिले रोकिएको प्रतिफल प्राप्त हुने योग छ । आरोग्यबल बढ्नेछ ।

कन्या – मेहनतले धेरै काम बनाउन सकिने समय छ । बोली व्यक्तित्वको प्रभाव वृद्धि भइ प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । समुदायको हकहितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने योग छ । अवसरका लागि केही दौडधुप गर्नुपरे पनि रोकिएका कामहरू बिस्तारै सुरु हुनेछन् । यात्रागत कार्य सफल रहला ।

तुला – आजको दिन प्रभावशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रन सक्छन्, सजग रहनुहोला । कुनैपनि योजनामा गोपनियताको ख्याल राख्नुहोला । अध्ययनमा पछि परिने योग भएकाले सावधान रहनु हितकर हुनेछ । आज आफ्ना नातेदारहरुसँग झैझगडा पर्न सक्छ, ख्याल राख्नुहोला । आर्थिक समस्या पनि पर्नसक्ने योग छ । सवारीसाधनको प्रयोगमा आज विशेष सावधानी अपनाउनुहोला ।

वृश्चिक – गुमेको प्रतिष्ठा पनि बुद्धि-विवेकको सही प्रयोगले पुनः दिलाउन सक्ने समय छ । तपाईंका विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ । प्रशंसकहरू बढ्नेछन् । आजको दिन नियमित काममा भने केही समस्या पर्न सक्छ । इर्ष्या गर्नेहरूबाट सावधान रहनुहोला । आरोग्यता रहनेछ ।

धनु – विभिन्न अवसर प्राप्त हुनाले मन उत्साहित रहला । विभिन्न अवसर प्राप्त हुनुका साथै पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । आजको दिन आफन्तको विश्वास गर्दा समस्या उत्पन्न हुन सक्छ, सजगता अपनाइ व्यवहार गर्नुहोला ।

मकर – दिन शुभदायी छ । रमाइलो जमघटका बीच विशेष उपहार र स्वादिष्ट खानपानको आनन्द पाइने समय छ । नयाँ काम प्रारम्भ हुनेछ भने विभिन्न अवसरले पछ्याउनेछन् । प्रशंसकहरू बढ्नेछन् । नाम, दाम र इनाम हातपार्ने योग छ । काममा अभिप्रेरित गर्नेहरू भेटिनेछन् ।

कुम्भ – विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिने समय छ । नसोचेको ठाउँबाट धनमाल आर्जन हुने देखिन्छ । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्ला । केही नोक्सानी भए पनि पछिसम्म फाइदा हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा राम्रै लाभ हुनेछ । आजको दिन स्वास्थ्यप्रतिसावधानी अपनाउनु उचित हुनेछ ।

मीन – आलोचकहरू बढेपनि मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्ने समय छ । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ, सजग रहनुहोला । तारिफयोग्य काम सम्पादन हुनाले राम्रो अवसर जुट्न सक्छ । अवसर प्राप्त भए पनि काममा हात हाल्नुअघि राम्ररी विचार पुऱ्याउनु उचित होला ।