पेस्तोल र तीन राउण्ड गोलीसहित एकजना पक्राउ

पेस्तोल र तीन राउण्ड गोलीसहित एकजना पक्राउ


जिल्ला प्रहरी परिसर भक्तपुरले लोड गरिएको तीन राउण्ड गोली र एक थान पेस्तोलसहित आज (२९ असोज) एक जनालाई पक्राउ गरेको छ ।

काभ्रेपलान्चोकको पनौती नगरपालिका-१ स्थायी घर भई हाल सूर्यविनायक नगरपालिका-८ रानीकोट बस्दै आएका ३६ वर्षीय प्रेम तामाङले हतियार बोकी हिँडिरहेको छ भन्ने विशेष सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरिएको जनाएको छ ।

प्रहरी टोलीले घरबाटै तीन राउण्ड गोली लोड भएको मेडइन यूएसए लेखिएको पेस्तोलसहित तामाङलाई पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए । म्याद थप गरी तामाङमाथि थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।