नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य वृद्धि

नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य वृद्धि


नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले मंगलबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु. एक, डिजेल र मट्टितेलमा प्रतिलिटर रु. चार वृद्धि गरेको हो ।

मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर रु. १५६.५०, दोस्रो वर्गमा रु. १५८ र तेस्रो वर्गमा रु. १५९ तथा डिजेल र मट्टितेल पहिलो वर्गमा रु. १४८.५०, दोस्रो वर्गमा रु. १५० र तेस्रो वर्गमा रु. १५१ कामय भएको छ ।

निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवासी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलस्थित डिपोलाई वर्गीकरण गरेको छ ।