आजको पञ्चाङ्ग एवम् राशिफल (१ कात्तिक २०८१ बिहीबार, १७ अक्टोबर २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (१ कात्तिक २०८१ बिहीबार, १७ अक्टोबर २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर शरद ऋतु वि.सं. २०८१ कार्तिक १ गते तद्अनुसार सन् २०२४ अक्टोबर १७ तारिक बिहीबार आश्विन शुक्ल पक्षको पूर्णिमा तिथि रेवती नक्षत्र व्याघात योग ३ः४० पर हर्षन योग भद्रा करण १ः१४ पर बालब करण आनन्दादिमा मित्र योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः६ मा भयो र सूर्यास्त साँझ १७ः३१ मा हुनेछ । पूर्णिमा व्रत, कार्तिक स्नान, आकाशदीप दानारम्भ ।

आजको राशिफल

मेष – रोकिएका काम बन्नाले आजको दिन उत्साह जाग्नेछ । प्रेमको बन्धनमा कसिने समय छ । सवारीसाधन उपयोग गर्दा विशेष सावधानी अपनाउनुपर्ला । जथाभावी आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, सजग रहनुहोला । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइने सम्भावना छ । यात्रागत कार्य सार्थक रहनेछ । समस्यामा इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।

वृष – आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाइएला । परिवारिक सुख र उत्साह बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने केही समय पर्खंदा उचित हुनेछ । बौद्धिक तथा रचनात्मक कार्यमा विशेष सफलता हासिल हुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मिथुन – बाध्यताका काममा जुट्नुपर्ने समय छ । पति वा पत्नीका माध्यमबाट फाइदा हुने योग भएपनि यात्रागत कार्यमा समस्या आइपर्न सक्ने हुँदा सकभर यात्रा थाती राख्नु उचित हुनेछ । कुनैपनि कार्यमा बलजफ्ती गर्दा चिताएको काम बिग्रन सक्छ, सचेत रहनुहोला । पुरानो सम्झौता भंग हुने योग छ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । धैर्यसाथ बुद्धिको उपयोग गर्दा बिस्तारै काम बन्ने देखिन्छ ।

कर्कट – चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रमपछि न्यून सफलता मिल्ने समय छ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनसक्छ । आशा देखाउनेहरूको भरपर्दा धोका हुन सक्ने योग छ । तथापि, समुदायको हकहितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने देखिन्छ । नयाँ कार्यमा दौडधुप एवम् जोखिम वृद्धि होला । मित्रजनको सहयोग प्राप्त हुनेछ । रसरागको भाव वृद्धि होला ।

सिंह – लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ, तर आश्वासन दिएर झुक्याउनेहरूले सताउने/झुक्याउने सम्भावना छ । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइएला । दाम्पत्यसुख र प्रेमभाव बढ्नेछ । आरोग्यता रहला । बौद्धिक, रचनात्मक तथा कलात्मक कार्यले गति लिनेछ ।

कन्या – प्रेमको बन्धन कसिने बेला छ । दाम्पत्य जीवन सुखद रहला । अध्ययन तथा अध्यापन कार्यमा प्रगति हुनेछ । स्वास्थ्य भने केही कमजोर रहेको अनुभूति होला । व्यावसायिक काम बीचमा अवरुद्ध हुनसक्छ, सजग रही कार्य गर्नु उचित हुनेछ । आम्दानीमा कमी आउनेछैन । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । साथीभाइ एवम् आफन्तजनको सहयोग प्राप्त होला ।

तुला – पराक्रम र व्यस्तता बढ्नेछ । काममा दौडधुप र परिश्रम केही बढी परेपनि राम्रै उपलब्धि मिल्ने समय छ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । गुरुजनको विशेष सहयोग जुट्ने योग छ । मिठो भोजन प्राप्त होला । आरोग्यबल बढ्नेछ । साहसिक काममा आकर्षण रहला । काममा यात्राको सम्भावना छ ।

वृश्चिक – काम बिग्रने भयले सताउला । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । बदनाम व्यक्तिहरूले मात्र सहयोगको तत्परता देखाउनेछन्, सजग रहनुहोला । सरकारी कडिकडाउको सिकार भइने योग रहेकोले सतर्कताको दरकार छ । शोख पूरा गर्नमा खर्च केही बढ्न सक्छ । शत्रुलाई जित्ने क्षमता भने कायम रहने देखिन्छ ।

धनु – लगानी, दौडधुप, श्रम तथा प्रयत्नको उचित मूल्य नपाइने समय छ । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला । विगतका समस्या बल्झिन सक्छन् । तथापि, धैर्यसाथ प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । व्यापार-व्यवसायमा भने सोचेको लाभ नमिल्न सक्छ । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्ने सम्भावना रहेकोले सचेत रहनुहोला ।

मकर – आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । आफ्नो अधिकार स्थापित गर्न सकिने समय छ । शत्रुहरू किनारा लाग्नेछन् । प्रतिस्पर्धामा विजयी भइनेछ भने एउटै कामबाट दोहोरो लाभ मिल्ने देखिन्छ । विशेष योजनाहरू बन्न सक्छन् । मिठो भोजन प्राप्त हुनेछ । गीतसंगीत तथा रसरागात्मक काममा आकर्षण बढ्नेछ । पराक्रम बढ्नेछ । नियमकानूनले साथ दिनेछ ।

कुम्भ – सामर्थ्य वृद्धि भएपनि लगानी र श्रमको उचित मूल्य नपाइने समय छ । न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने देखिन्छ । तथापि, समुदायको हितमा राम्रै काम गर्न सकिएला । सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने योग छ । बौद्धिक र रचनात्मक कार्य भने सार्थक रहला ।

मीन – आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । शत्रुहरूको चलखेल बढ्नाले गल्तीबिनै आरोप लाग्न सक्छ, सचेत रहनुहोला । इर्ष्या गर्नेहरूले काममा अवरोध गर्न सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । आरोग्यता रहनेछ । समस्यामा आफन्तजन सहयोगी बनेर देखापर्नेछन् ।