भारतको उत्तरप्रदेश राज्यस्थित बलरामपुरमा एउटा यात्रु बससँग कार ठोक्किँदा दुई नेपाली युवाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीनजना घाइते भएका छन् ।
तिहारको भाइटीका लगाउन भारतबाट नेपाल आइरहेका कपिलवस्तुको बाणगङ्गा-९ बर्दहवाका दिनेश बेल्बासे र नवलपरासीको गैंडाकोट-६ का अनिल सापकोटाको मृत्यु भएको हो।
उनीहरु भारतको पन्जाव राज्यबाट बढनी नाका हुँदै घर फर्किरहेका थिए ।
उक्त दुर्घटनामा मृतक बेल्बासेकी पत्नी शारदा, बाणगङ्गाकै टेकबहादुर र उनकी पत्नी धनकला घाइते भएका छन् । उनीहरूको भारतीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
प्रतिक्रिया