त्रियुगा नदीमा डुबेर दुई बालिकाको मृत्यु, एक बेपत्ता

त्रियुगा नदीमा डुबेर दुई बालिकाको मृत्यु, एक बेपत्ता


सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका-४ स्थित त्रियुगा नदीमा डुबेर आज (१९ कात्तिक) दुई बालिकाको मृत्यु हुनुका साथै एकजना बेपत्ता भएका छन् ।

स्थानीय श्रवण महतोकी नौ वर्षीया छोरी प्रतिभा महतो र सुरेश सदाकी आठ वर्षीया छोरी जितनी सदाको नदीमा डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उदायकुमार रायका अनुसार कञ्चनरुप नगरपालिका-४ जगतपुरस्थित धनकटामा रहेको त्रियुगा नदीमा नुहाउने क्रममा तीन बालिका डुबेकामा दुई जनाको मृत्यु भएको र स्थानीय आठ वर्षीया काजल खंग अझै बेपत्ता रहेको छन् । बेपत्ता भएका बालिकाको खोजीकार्य जारी छ ।